१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति



रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेको बाढीले पुर्‍याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको छ ।
बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका आठ वटा जलविद्युत् आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ ।
  बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगाावटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७ दशमलव तीन मेगावाटको त्रिशूली ३ ‘बी’मा क्षति पु¥याएको छ ।
खोज तथा उद्धार जारी
 बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ । थप मद्दतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञसमेत प्रभावित क्षेत्रमा खटिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
हालसम्म बाढीमा परी एक हजार ३६५ रसुवाली नागरिक, एक हजार १६० अन्य जिल्लाका नागरिक, २६४ पर्यटक सम्पर्कविहीन भएका छन् । यसैगरी बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी, ७९ जना सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ जना नेपाल प्रहरी, २७ नेपाली सेना हराएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए। उनका अनुसार प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यन्न आपूर्ति सहज गर्न हेलिकप्टरमार्फत राहत वितरण भइरहेको छ ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ४ : ०८ बजे

बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत्

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा

जनकपुरधाम-अयोध्या रेल सञ्चालनको तयारी तीव्र, भोलि निरीक्षण

जनकपुरधाम । नेपालको जनकपुरधामदेखि भारतको अयोध्यानसम्म सञ्चालन हुने भनिएको आयोजना