१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो



काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइएको जनाएको छ । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोका कारण सडक मार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरेको हो ।

निगमको केन्द्रीय कार्यालय, बबरमहलले जारी गरेको सूचना अनुसार काठमाडौं, धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगहरूका ग्याँस सिलिण्डरहरूलाई तराईका विभिन्न जिल्लाका उद्योगहरूमा रिफिल गरी काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।

हाललाई बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा अवस्थित उद्योगहरूबाट ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याई बिक्री वितरण भइरहेको निगमले जनाएको छ । निगमका अनुसार १८ गतेदेखि २० गतेसम्म विभिन्न १६ वटा ग्यास ब्राण्डका कुल ८७,८७७ सिलिण्डरहरू रिफिल गरी काठमाडौं ल्याइएको निगमले जनाएको छ ।

 

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  २ : २४ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको