काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइएको जनाएको छ । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोका कारण सडक मार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरेको हो ।
निगमको केन्द्रीय कार्यालय, बबरमहलले जारी गरेको सूचना अनुसार काठमाडौं, धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगहरूका ग्याँस सिलिण्डरहरूलाई तराईका विभिन्न जिल्लाका उद्योगहरूमा रिफिल गरी काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।
हाललाई बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा अवस्थित उद्योगहरूबाट ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याई बिक्री वितरण भइरहेको निगमले जनाएको छ । निगमका अनुसार १८ गतेदेखि २० गतेसम्म विभिन्न १६ वटा ग्यास ब्राण्डका कुल ८७,८७७ सिलिण्डरहरू रिफिल गरी काठमाडौं ल्याइएको निगमले जनाएको छ ।

















प्रतिक्रिया