८ कार्तिक २०८३, आइतबार | October 25, 2026

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ



कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म १९ जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागू औषध बाँधेर लैजाने क्रममा लागुऔषधसहित उक्त व्यक्ति पक्राउ परेका हुन् । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १३ जना पुरुष र छ जना महिला नेपाली नागरिक छन् । सो अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम र नाइट्राभेट बरामद गरेको छ । प्रहरीले उक्त अवधिमा गाँजा १३० ग्राम, चरेस पाँच किलो २२५ ग्राम, हेरोइन तीन ग्राम १५० मि।ग्राम र अफिम १० किलो ३६४ ग्राम बरामद गरेको छ । नाइट्राभेट १० थानसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिए । उनले लागुऔषध कारोबारमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिएको बताए। पछिल्लो समय सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  १२ : ५१ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले