२२ भदौ २०८३, सोमबार | September 7, 2026

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज तथा उद्धारको कार्य जारी रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्।

विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन भइरहेका मानिसको खोजीका लागि भइरहेको प्रयासबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन हुनुभएको थियो। त्यसैले हामीले यस क्षेत्रमा तदारुकताका साथ खोज तथा उद्धारको प्रयास जारी राखेका छौं ।’

उनले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोली जोखिमपूर्ण स्थितिमा पनि निरन्तर खटिररहेको उल्लेख गरेका छन्। ‘त्यति मात्रै होइन, हाम्रो यो खोजलाई सघाउन मित्र राष्ट्रहरूबाट समेत विशेषज्ञ टोली आइरहनुभएको छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

अझै पनि खोज तथा उद्धारको कार्य जारी रहेको उनले बताएका छन्। ‘हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ,’ प्रधानमन्त्री शाहले लेखेका छन्, ‘हामीले खोज तथा उद्धार कार्यमा नेपालीको मानवतावादी स्वाभावलाई व्यवहारमा उतारिरहेका छौं।’

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ९ : ०४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार