२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय



काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान गर्ने कामले तीव्रता पाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिइएको हो । मन्त्रालयले गत भदौ १० मा आएको विनासकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोतसाधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो ।

विनासकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिएको हो । यसैक्रममा मङ्गलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । यस्तै, विद्युत् सेवा पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत दुई किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कार्य पनि अघि बढाइए छ ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिरहेका जनाइएकोे छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ११ : ३९ बजे

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका