२५ भदौ २०८३, बिहिबार | September 10, 2026

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’



म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका-४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका-७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।

आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने दुई हजार ५०६ दशमलव ३९ मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिए । “छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका-४ खाम्लास्थित बाँधतर्फको तीन हजार २८३ दशमलव ३२ मिटरमध्य हालसम्म एक हजार ९७३ मिटर सुरुङ निर्माण सकिएको छ”, उनले भने, “बाँकी सुरुङ पनि केही महिनाभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ ।”

हालसम्म समग्रमा ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले जानकारी दिए । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले विसं २०८१ भदौ महिनादेखि मुख्य सुरुङ निर्माण थालेको थियो ।

बाँध, सुरुङ र विद्युत्गृह निर्माणका साथै हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्र पारिएको छ । बर्खायाममा आयोजना निर्माणस्थलमा पर्ने बेनी-दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुल जोखिममा पर्ने र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइएको असर अपर म्याग्दी-१ लगायतका जलविद्युत् आयोजना निर्माणमा परेको छ ।

सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका गाउँपालिका-७ भारवाङमा रहनेछ ।

भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत् गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत् गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्राली परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी-१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालीमा आबद्ध छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ७ : २२ बजे

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त