२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै हालैको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र विस्थापितको पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा प्रभावित क्षेत्रको पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा बैठकले आवश्यक निर्णय गर्ने तयारी छ।

त्यसैगरी, बाढीका कारण क्षतिग्रस्त पूर्वाधार तथा प्रभावित नागरिकको अवस्था र सरकारका आगामी कदमबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको कामलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन बैठक बोलाएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १० : ४२ बजे

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने