२५ भदौ २०८३, बिहिबार | September 10, 2026

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ



बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरसहित छ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाली नागरिक क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा आज साँझ प्रहरी टोलीले क्यासिनोमा जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

चेकजाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा म्याग्दी बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती, कास्की पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी, पोखरा–१७ बिरौटाका ३९ वर्षीय सुदिप आचार्य, रुपन्देही बुटवल उपमहानगरपालिका–६ का ४६ वर्षीय रामु श्रेष्ठ र बुटवल–३ सिमानगरका ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका हुन्। त्यस्तै क्यासिनोका पिट म्यानेजर भारत हरियाणाका पारस भाटियालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी आवश्यक जाँच तथा कारबाही अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देही पठाइएको छ । सोही क्यासिनोबाट गत बैशाखमा पनि क्यासिनो म्यानेजरसहित जुवा खेलाउने ४ जना र जुवा खेल्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले क्यासिनो तथा अन्य क्षेत्रमा प्रचलित कानुनविपरीत हुने जुवा तथा गैरकानुनी गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ११ : १६ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ