२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ



नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि राजधानीका बासिन्दाको दैनिक आवागमन प्रभावित भएको छ ।

प्रमुख सडकमा ब्यारिकेड, जाँचस्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका साथै हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले आवागमन सहज बनाउन सार्वजनिक बिदासमेत दिएको छ ।

सरकारी कार्यालय, विद्यालय तथा धेरै निजी व्यवसाय बन्द गरिए पनि कार्यालय जाने कर्मचारी, डेलिभरी चालक र दैनिक ज्यालादारीमा काम गर्नेहरूका लागि प्रतिबन्धले समस्या थपेको छ । सडक बन्द तथा मार्ग परिवर्तनका कारण छोटो दूरीको यात्रा पनि लामो बनेको र कतिपय क्षेत्रमा ट्याक्सी भाडा बढेको बासिन्दाले बताएका छन् ।

अटोरिक्सा चालक नीरज कुमारले प्रतिबन्धको सबैभन्दा ठूलो असर न्यून आय भएका मानिसलाई परेको बताए। “यदि एक किलोमिटरको यात्रा आठ किलोमिटरको चक्करमा परिणत भयो भने हामीले के गर्नुपर्छ ?”, उनले प्रश्न गरे । उनले विदेशी प्रतिनिधिका लागि सुरक्षा व्यवस्था गर्दा त्यसको भार सर्वसाधारणमाथि पर्न नहुने बताए ।

डेलिभरी चालक मोहम्मद एलियासले प्रतिबन्धका कारण काममा पुग्नै कठिन भएको बताए। “हामी काममा पुग्यौँ भने पनि ट्राफिकमा फस्नेछौँ । हामी काम गर्न सक्दैनौँ”, उनले भने।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत नेताहरू शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।

ब्रिक्समा अहिले ११ देश सदस्य छन् । समूहले विश्वको करिब आधा जनसङ्ख्या तथा विश्वव्यापी ऊर्जा, स्रोत र आर्थिक उत्पादनको ठूलो हिस्सा प्रतिनिधित्व गर्छ । विकासोन्मुख देशहरूको भूमिका बढाउने उद्देश्यले ब्रिक्सले पश्चिमी नेतृत्वको विश्व व्यवस्थाको विकल्पका रूपमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  २ : १३ बजे

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा