२७ भदौ २०८३, शनिबार | September 12, 2026

आम्दानीको स्रोत बन्यो रातो च्याउ



म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त छन । नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जङ्गलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुुन्छ, मैले जङ्गलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उनले भने, “करिब दैनिक ५० किलोग्राम च्याउ सङ्कलन र बिक्री भइरहेको छ ।”

नगेनले शुक्रबार करिब रु ४० हजारको रातोच्याउ बिक्री गरेको बताए । लेकाली क्षेत्रका बासिन्दा च्याउ पलाउने याम सुरु भएपछि जङ्गल पसेका छन् । प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको सोत बनेको छ । च्याउको सुरक्षाका लागि पलाउने ठुुटाको नजिकै बसेर ओगट्ने चलन छ ।

मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । समुन्द्रि सतहदेखि तीन हजारदेखि चार हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा प्राकृतिक रूपमा बर्खायाममा उम्रने रातोच्याउ तरकारीको रूपमा उपभोग हुन्छ ।

पोषिलो, अर्गानिक र औषधिय गुण पाइने तथा स्वादिलो हुने भएकाले रातो च्याउको माग उच्च हुने गरेको धवलागिरी गाउँपालिका-३ मुनाका मनबहादुर पुनले बताए । “मासुको विकल्पमा पनि रातो च्याउको उपभोग हुने गर्छ,” उनले भने, “रातो च्याउ पोषिलो र तागतिलो तरकारीको रूपमा परिचित छ ।”

ताजाका साथै प्रशोधन र सुकाएर पनि रातो च्याउ उपभोग गर्न सकिन्छ । बजारमा बस्ने र विदेशमा पुगेकाले रातो च्याउको चाहना गर्ने गरेका मुनाका ब्यवसायी रुपा शेरपुञ्जाले बताईन । गाउँबाट सहर र विदेशमा कोशेलीको रूपमा रातो च्याउ पठाउने चलन रहेको छ ।

सडक यातायातको सुविधासँगै लेकाली क्षेत्रका बासिन्दाले जङ्गलमा रातो च्याउ टिपेर एकै दिनमा बेनी र पोखराका बजारमा पु¥याउन थालेका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । “रातो च्याउ बेरोजगारको लागि रोजगारी र आम्दानीको स्रोत बनेको छ,” उनले भने, “स्थानीयले संकलन गर्ने च्याउलाई बजारीकरणका लागि ब्यापारिसँग समन्वय गरेका छौँ ।” सडक यातायातको सुविधा नहुँदा सुकुटी बनाएर रातो च्याउ बेच्ने गरेका थिए ।

ताजा रातोच्याउ प्रतिकेजी रु एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाएको प्रतिकेजी रु चार हजारदेखि पाँच हजारसम्म पर्छ । रातो च्याउमा प्रोटिन र विभिन्न मिनरल्स तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउ खेती प्रविधि पुस्तिकामा उल्लेख छ ।

रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । वस्तिदेखि टाढाको जङ्गलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन् । रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने नहुने बताइन्छ ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ७ : ४२ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा