१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट



काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुई वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए । प्राप्त यी दुईमध्ये एकेडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको थियो ।

चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गरिएको गहन अध्ययनपश्चात् ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’लाई उत्कृष्ट ठहर गर्दै छनोट गरिएको समितिले जनाएको छ । यस छनोटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तरराष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  २ : ३९ बजे

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा आजदेखि टोल शुल्क, कुन सवारीलाई कति ?

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज आइतबार (कात्तिक