२८ भदौ २०८३, आइतबार | September 13, 2026

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट



काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुई वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए । प्राप्त यी दुईमध्ये एकेडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको थियो ।

चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गरिएको गहन अध्ययनपश्चात् ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’लाई उत्कृष्ट ठहर गर्दै छनोट गरिएको समितिले जनाएको छ । यस छनोटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तरराष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  २ : ३९ बजे

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौँ । सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष