२८ भदौ २०८३, आइतबार | September 13, 2026

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र



काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको छ ।

कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीलाई भेटी छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन् । छापामाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौती हुँदा सञ्चारमाध्यमको नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने कार्यदलले जनाएको छ ।

कार्यदलले छापामाध्यमको संरक्षण र प्रवर्द्धनका लागि राज्यबाट उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन तथा यसको रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश कमिटीका तर्फबाट गठन गरिएको कार्यदलका संयोजक दामोदर दवाडी र प्रतिनिधिले छापामाध्यमको वर्तमान अवस्था, आर्थिक सङ्कट तथा सञ्चार क्षेत्रको दिगोपनाका लागि आवश्यक नीतिगत व्यवस्थाका विषयमा पनि अध्यक्ष ओलीसँग छलफल गरेका थिए । अध्यक्ष ओलीले आफूहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं लोककल्याणकारीका पक्षमा रहेको स्पष्ट गरे ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ४ : २७ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू