१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे



वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको छड्के कारबाहीमा पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल धरौटीमा रिहा भएका छन्।

सोमबार साँझ अध्यक्ष यादवले २५ हजार रुपैयाँ र इन्स्पेक्टर पौडेलले १८ हजार रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन्।

क्यासिनो प्रकरणमै पक्राउ परेका अन्य ६ जना पनि धरौटी बुझाएर छुटेका छन्। चन्दन सहनी, ओमप्रकाश बैठा र क्यासिनो कर्मचारी जयदेव साहले जनही १५ हजार रुपैयाँ धरौटी बुझाएका छन्। यस्तै, क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल र प्रदेशी साह जनही २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले नेपाली नागरिकलाई कानुनविपरीत क्यासिनो प्रवेश गराई जुवा खेलाउने गरेको विशेष सूचनाका आधारमा शनिबार राति गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोनमा छड्के कारबाही गरेको थियो।

कारबाहीका क्रममा गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित ८ जना पक्राउ परेका थिए।

नेपालको विद्यमान कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउन तथा जुवा खेल्न वा खेलाउन निषेध गरिएको छ। सोही प्रावधान उल्लंघन भएको सूचनापछि प्रहरीले कारबाही अघि बढाएको जनाएको छ। न्यूज कारखाना

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  १२ : २४ बजे

फुटपाथ कब्जागरि आवागमन अवरोध गर्नेहरुलाई खजुरा गाउँपालिकाले काराबाही गर्ने

खजुरा । खजुरा गाउँपालिकाले सडक र फुटपाथ अतिक्रमण गर्नेहरुलाई कारबाही

एआईजी मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका

बझाङमा जिप दुर्घटना; दुई जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली