२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने



काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई ससम्मान समावेश गर्ने निर्णय बिहीबार कार्यान्वयन हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आत्मसात गर्दै अधिकांस निवर्तमान कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पार्टी कार्यालयमा आउने भएको कांग्रेस संस्थापन पक्षको दाबी छ ।

बिहीबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि निवर्तमान कार्यसमितिका सम्पूर्ण नेताहरूलाई औपचारिक पत्र पठाएर निमन्त्रणा गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

विशेष महाधिवेशनपछिका आन्तरिक असमझदारीहरूलाई संवाद र विधिको माध्यमबाट समाधान गर्दै सबै पक्षलाई मूलधारमा जोड्ने नेतृत्वको लचकतापूर्ण निर्णयपछि दर्जनौं निवर्तमान केन्द्रीय सदस्य सानेपा आउने निश्चित भएको संस्थापन कांग्रेसका एक नेताले बताए ।

निवर्तमान कार्यसमितिका सबै सदस्यहरूको केन्द्रीय सदस्यको हैसियत सुनिश्चित भएसँगै दुवै पक्षका शीर्ष तथा प्रभावशाली नेताहरू एउटै मञ्चमा उपस्थित भई आगामी १५औँ महाधिवेशन सफल पार्ने अभियान सुरु हुने बताइएको छ । बैठकमा देउवा पक्षमा रहेका ५० नेता सहभागी हुने रामहरि खतिवडाले जानकारी दिए।

देउवा पक्षले चुनदेवीमा छुट्टै कार्यालय राखेर आगामी असोज १५ गतेदेखि १५औँ महाधिवेशनको कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ।

असोज १६ देखि १९ सम्म काठमाडौँको खुलामञ्चमा आयोजना हुन लागेको कांग्रेसको १५औँ महाधिवेशन र असोज ३ गतेदेखि प्रारम्भ हुने वडा तहको चुनावी प्रक्रियाको पूर्वसन्ध्यामा हुन लागेको यो बैठकलाई पुनर्जागरणको रूपमा हेरिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  १ : ३५ बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको