२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको १५औँ महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन्। बिहीबार केन्द्रीय समिति बैठकमा उनले वडा अधिवेशनको उद्घाटनका दिन देउवालाई उपस्थित भएर उद्घाटन गरिदिन आग्रह गरेका हुन्।

देउवाले अधिवेशनको उद्घाटन गरेमा आफूहरूका लागि सम्मानको विषय हुने उनको भनाइ छ। ‘पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, अधिवेशनको दिनमा आएर उद्घाटन गरिदिनुहोस्। हाम्रा लागि त्यो सम्मानको विषय हुन्छ,’ उनले भने।

थापाले पछिल्लो समय आफूहरूबीच भएका भनाभन र आरोप–प्रत्यारोपलाई बिर्सेर अघि बढ्न आग्रह गरे। ‘यो बीचमा कहाँ कसले के भन्यो, कसो भन्यो, बिर्सिदिऔँ,’ उनले भने, ‘मेरो अनुरोध छ।’

थापाले महाधिवेशन उद्घाटनमा देउवालाई सहभागी गराउन आफूले प्रयास गर्ने पनि बताए। ‘महाधिवेशन उद्घाटनमा शेरबहादुर देउवा दाइलाई ल्याउने प्रयास गर्छु,’ उनले भने।

बिहीवार बसेको बैठकमा देउवा पक्षका ३५ जनाभन्दा बढी नेताहरूको उपस्थिति छ ।

सभापति थापाले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित भएको बताउँदै तोकिएको समयमा महाधिवेशन सम्पन्न हुने बताए ।

कांग्रेसको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ भने विभिन्न तहको अधिवेशन सम्पन्न गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी रहेको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ४ : ५५ बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको