काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न २१ देशका राजदूत नियुक्तिको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो । पाँच महिनादेखि झन्डै दुई दर्जन मुलुक राजदूतविहीन छन् ।
प्रधानमन्त्री बालेन असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्दैछन् । यस्तो अवस्थामा पनि अमेरिका, चीन, बेलायत, भारत जस्ता मुलुक राजदूतविहीन हुँदा नेपालको कूटनीतिक क्षमतामा नकारात्मक असर पुग्ने सम्भावना देखिएपछि सम्भवतः आजै रिक्त देशमा राजदूत नियुक्तिको सिफारिस हुने आंकलन गरिएको छ ।
प्रधानमन्त्री बालेन असोज ६ गते न्युयोर्क प्रस्थान गर्ने, असोज ९ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम छ । बालेनले अमेरिकामा राष्ट्रसंघका महासचिवसँग मात्र भेटवार्ता गर्ने कार्यक्रम छ ।
















प्रतिक्रिया