३ आश्विन २०८३, शनिबार | September 19, 2026

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न एकजुट हुनुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानका मूल मर्म र भावनालाई व्यवहारमा अनुवाद गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री भट्टले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय, समानता र समावेशिताका मूल्यमान्यतालाई संस्थागत गरेको बताए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारुले वर्तमान संविधान कानुनको सङ्ग्रह मात्र नभई नेपाली समाजको विविधतालाई समेट्ने एकताको प्रतीक भएको जिकिर गरे ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललेसंविधानको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए ।

सुदूरपश्चिम प्रदेशका निवर्तमान सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धर्मराज जोशी र धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानालगायतले संविधानका विविध पक्षको विवेचना गरेका थिए।

समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १ : ०१ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज