काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
गत भदौ १० गते रसुवामा आएको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका थामीको शनिबार पशुपति आर्यघाटमा कुशको शव बनाएर अन्तेष्टी गरिएको हो । २४ दिनसम्म पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले थामी समाजको सल्लाहमा धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको थियो ।
थामीको अन्तिम बिदाइमा परिवारका सदस्य, आफन्त, इष्टमित्र तथा सञ्चारकर्मीसहित ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए।
चीनको सिजाङस्थित केरुङ जाने क्रममा पत्रकार थामी भदौ ९ गते रसुवाको टिमुरे पुगेका थिए। तर, भदौ १० गते बिहानदेखि उनी सम्पर्कविहीन भएका थिए।
पत्रकार थामी १५ वर्षअघिदेखि पत्रकारितामा सक्रिय थिए । एबीसी टेलिभिजनबाट व्यवसायिक पत्रकारिता सुरु गरेका उनी पछिल्लो समय नयाँ पत्रिकामा कार्यरत थिए ।
















प्रतिक्रिया