३ आश्विन २०८३, शनिबार | September 19, 2026

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त



काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी बाढीमा वेपत्ता भएका पत्रकार टेकराज थामीकी श्रीमती कालिका खड्का तथा उनको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

खड्काका श्रीमान् तथा पत्रकार थामी बाढीमा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै राजदूत खानले कठिन परिस्थितिमा धैर्य र संयम कायम राख्न आग्रह गरे।

राजदूत खानले राष्ट्रिय समाचार समितिको कार्यालय पुगेर खड्काको पारिवारिक अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताएका हुन्। कालिका खड्का राससमा कार्यरत छिन् । उनले भने, ‘नेपाल, रासस र पत्रकार खड्काको परिवार बाढीका कारण पीडामा छ। यस्तो कठिन परिस्थितिमा धैर्य र संयम राख्न म आग्रह गर्दछु।’

उनले पाकिस्तानले उपलब्ध गराउँदै आएको छात्रवृत्तिबाट धेरै नेपाली युवा लाभान्वित हुँदै आएको जानकारी दिँदै पत्रकार खड्काकी छोरीको शिक्षाका लागि आवश्यक सहयोग गर्न आफू इच्छुक रहेको बताए।

‘म आफूलाई नेपाली परिवारकै सदस्यजस्तो महसुस गर्छु,’ राजदूत खानले खड्काप्रति सहानुभूति व्यक्त गर्दै भने, ‘आवश्यक परे तपाईंकी छोरीको शिक्षाका लागि हामी सहयोग गर्नेछौँ।’

त्यसक्रममा राजदूत खानले रासस संग्रहालयको समेत अवलोकन गरेका थिए। उनले नेपाली पत्रकारिताको विकासमा राससले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै राससको योगदान अतुलनीय भएको बताए।

नेपाल र पाकिस्तानबीच सांस्कृतिक सम्पदाको क्षेत्रमा समेत गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उनले रासससँग सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको बताए।

जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको चुनौतीप्रति चासो व्यक्त गर्दै राजदूत खानले जलवायु न्यायका विषयमा नेपालसँग ऐक्यबद्धता जनाउँदै पाकिस्तान विश्व समुदायसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताए।

राससका महाप्रबन्धक सन्दीप राईले नेपाल र पाकिस्तानबीच संस्थागत सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताए। उनले पाकिस्तानको सरकारी समाचार संस्था एसोसिएटेड प्रेस अफ पाकिस्तान ९एपीपी० र राससबिच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

राससका कार्यकारी सम्पादक उत्तम सिलवालले नेपाल र पाकिस्तानबीचको सहकार्यबाट राससको भूमिकालाई थप प्रभावकारी बनाउन सकिने बताए।

राससका प्रमुख समाचारदाता एकराज पाठकले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्याबारे जानकारी गराउँदै आगामी दिनमा पाकिस्तानी सञ्चारमाध्यम र राससबीच हुन सक्ने सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ९ : ०० बजे

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी