३ आश्विन २०८३, शनिबार | September 19, 2026

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता



काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका थिए । भ्रमणका क्रममा उनी भारतका मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर आज स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा वाग्लेले बताए । साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उनको भनाइ छ ।

बिहीबार उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल–भारत आर्थिक सहकार्यका आयामहरूप्रति मन्थन भएको थियो । शुक्रबार उनी पूर्वविदेशसचिव श्यामशरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

त्यसै दिन उहाँले भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेका थिए । सोही दिन साँझ भारत व्यापार संम्बर्धन सङ्गठनका अध्यक्ष जावेद असरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री डा वाग्ले सहभागी भएका थिए । सोही दिन दिउँसो उनले प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गरेका थिए ।

आज बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री डा वाग्ले सहभागी भएका थिए । आजै उनले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए । आजै उनी दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

 

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ११ : ०७ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब