४ आश्विन २०८३, आइतबार | September 20, 2026

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान



काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले शीर्षस्थान गुमाएको छ । जारी लिगमा आर्सनलको यो पहिलो हार हो ।

हारसँगै गोलअन्तरका आधारमा आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको छ । सिटीले आइतबार घरेलु मैदानमा सन्डरल्यान्डसँग खेल्दैछ । उक्त खेलमा जित हासिल गरे सिटीले आर्सनलमाथि तीन अंकको अग्रता बनाउनेछ ।

युरोपा लिग विजेता एस्टन भिल्लाले टोटनह्यामलाई उसकै घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ । टोटनह्यामले खेलमा दुई गोल गरे पनि हार टार्न सकेन ।

अन्य खेलमा न्युक्यासलले हल सिटीलाई २-१ तथा एभर्टनले इप्सविच टाउनलाई १-० ले पराजित गरेका छन् ।

फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा रहेको कोभेन्ट्री सिटीले नटिङ्घम फरेस्टलाई १-० ले हराउँदै लगातार चार खेलदेखिको हारको शृंखला अन्त्य गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ७ : १८ बजे

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली