८ आश्विन २०८३, बिहिबार | September 24, 2026

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन ।

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औँल्याएका हुन ।

भेटवार्तामा मन्त्री खनालले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जर्मन सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे ।

उनले भने, “नेपालले विपद्पछिको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका कार्य अघि बढाइरहेको छ । यस क्रममा जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानी अत्यावश्यक छ ।”

मन्त्री खनालले नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पु¥याउँदै आएको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएकामा जोड दिएको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा जर्मनीकी मन्त्री राडोभानले नेपालमा पछिल्लो पटक उत्पन्न ‘विनाशकारी विपद्लाई विश्वव्यापी साझा चुनौती’का रूपमा लिनुपर्ने बताउँदै जर्मनी नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिन ।

भेटवार्तामा नेपाल–जर्मनीबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान हुनुका साथै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ७ : २१ बजे

भारी वर्षाको सम्भावनापछि गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय दुई दिन बन्द

गुल्मी । सम्भावित भारी वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका

प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात्

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका

एसियाली खेलकुदमा पुरुष क्रिकेट आजदेखि, नेपालले भोलि अफगानिस्तानसँग खेल्ने

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल आजदेखि

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, पाँच संसदीय समितिको पनि बैठक

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।