९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता



काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजेसम्म १ हजार ४५३ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी १ हजार ४५१ जनाको शव फेला परेको हो। यस्तै, काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको छ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायतका प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३३ वटा शव व्यवस्थापन ९माटोमुनि सुरक्षित० गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ३५ गरी कुल ३ हजार ३६४ वटा डिएनए नमुना सङ्कलन भइसकेको छ। पहिचान हुन नसकेका १ हजार ४२१ वटा शवहरूको विवरण भने नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९७५ जना प्रहरी परिचालन गरिएको छ। हालसम्म बेपत्ता रहेका ४ हजार ७१८ जनाको खोजी कार्य निरन्तर जारी छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रका विभिन्न जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा हाल १ हजार २८० जनालाई राखिएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १० : २४ बजे

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज