९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

आज इन्द्रजात्रा पर्व मनाइँदै



काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्दै आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौं उपत्यकासहित धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा औपचारिक रूपमा सुरु हुने परम्परा छ । लिंगो ठड्याउने विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ ।

इन्द्रजात्राका अवसरमा विभिन्न देवीदेवताका पूजा, नाचगान, रथयात्रा तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिन्छ । जात्रा आठ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिका साथ मनाउने प्रचलन रहेको छ ।

इन्द्रध्वजासहितको लिंगोको फेदमा भैरवको पूजा गर्ने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि त्यसको खुसीयालीमा विजय उत्सवका रूपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ ।

नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको इन्द्रजात्रा धार्मिक आस्था, संस्कृति, परम्परा र ऐतिहासिक महत्वसँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ८ : १९ बजे

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी । हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन

पहिरो खसेपछि कालीगण्डकी करिडोरको रुद्रबेणी–पूर्तिघाटखण्ड अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय

एसियाली खेलकुद पुरुष क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट

धवलागिरि हिमाल आरोहण टोली फर्कियो

म्याग्दी । म्याग्दीमा रहेको संसारको सातौँ ९आठ हजार १६७० मिटर