९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

धवलागिरि हिमाल आरोहण टोली फर्कियो



म्याग्दी । म्याग्दीमा रहेको संसारको सातौँ ९आठ हजार १६७० मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका पर्वतारोही फर्किएका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर क्षेत्रमा पुगेका पर्वतारोहीको टोली प्रतिकूल मौसमका कारण फर्किएका हुन् ।

आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले आधार शिविरमा रहेका ३० जनाको पर्वतारोही टोली बिहीबार फर्किएको जानकारी दिए ।

“असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आरोहण टोली सुरक्षित ठाउँमा फर्किएका हुन्”, उनले भने, “चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन् ।”

केही पर्वतारोही भने हेलिकप्टरबाट पोखरा पुगेको शेरचनले बताए । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार पर्वतारोही टोली धवलागिरि आधार शिविर पुगेका थिए । उक्त टोलीले बिहीबारदेखि मौसम प्रतिकूल हुन थालेपछि आरोहणलाई स्थगित गरेर सुरक्षित ठाउँमा फर्कने निर्णय गरेको शेरचनले बताए ।

मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेको छ ।

पर्यटन विभागले सार्वजनिक सूचना जारी गर्दै हिमाली क्षेत्रमा रहेका पर्वतारोहीलाई सतर्कता अपनाउन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मौसम अनुकूल नहुँदासम्म आधार शिविरतर्फ नजान अनुरोध गरेका छन् ।

चालु शरदयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट चारवटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर ९आरोहण० शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।

गत वसन्तयाममा तीनवटा समूहका १२ महिला र १६ पुरुष र २०८२ को शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएको विभागको अभिलेखमा उल्लेख छ । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरिको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे शेर्पा र नवाङ दोर्जे शेर्पा पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटक पनि फर्किएका छन् । बिहीबारदेखि पदयात्रा बन्द भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए । पर्यटकयाम सुरु हुनै लागेको समयमा भोटेकोशी बाढी र भारी वर्षातका कारण धेरै पर्यटकले भ्रमण रद्द गरेको उनले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ८ : ३६ बजे

काठमाडौं जोड्ने राजमार्ग बन्द : यातायात आवागमन ठप्प

काठमाडौं । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका

पाल्पाका दुई सडकखण्ड पहिरोका कारण अवरुद्ध

पाल्पा । लगातारको वर्षाका कारण पाल्पाका दुई छुट्टाछुट्टै सडकखण्डमा पहिरो

अविरल वर्षापछि धुलिखेल र नागढुंगामा सवारीसाधन ‘होल्ड’

काठमाडौं । अविरल वर्षाका कारण पहिरो र सडक कटानको जोखिम

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर