९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

त्रिभुवन राजपथमा पालैपालो सवारीसाधन सञ्चालन



हेटौंडा । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालैपालो सवारीसाधन सञ्चालन गरिने भएको छ ।

दुवै राजमार्ग अवरुद्ध भई त्रिभुवन राजपथमा सवारीसाधनको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँतर्फ जाने र काठमाडौंबाट हेटौँडा आउने सवारीसाधनका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज हेटौँडाको चौकीटोलबाट काठमाडौंतर्फ बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म र काठमाडौँबाट हेटौँडातर्फ सिमभञ्ज्याङ चौकीबाट साँझ ७ः०० बजेदेखि राति ११ः०० बजेसम्म सवारीसाधन सञ्चालन गरिनेछ ।

शनिबार हेटौँडाबाट काठमाडौंतर्फ बिहान ४ः०० बजेदेखि ८ः०० बजेसम्म तथा राति १०ः०० बजेदेखि असोज ११ गते बिहान २ः०० बजेसम्म सवारीसाधन सञ्चालन गरिनेछ । काठमाडौँबाट हेटौँडातर्फ भने शनिबार दिउँसो १ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म र असोज ११ गते आइतबार बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म सवारीसाधन सञ्चालन गरिने उनले बताए ।

प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेकाबाहेक १० चक्केभन्दा लामा र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ । यात्रुवाहक बस भने ११ मिटर लम्बाइसम्मका मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । प्रजिअ अधिकारीले तोकिएको समय तालिकाअनुसार मात्रै यात्रा गर्न चालक, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ३ : ०८ बजे

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न

त्रिभुवन राजपथमा पालैपालो सवारीसाधन सञ्चालन

हेटौंडा । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान पराजित

काठमाडौं। जापानमा भइरहेको २०औं एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले विजयी

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी