२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

उद्धार गरिएका नरभक्षी बाघले बर्दिया निकुञ्जका खोर भरिए



नेपालगन्ज । मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ । उद्धार गरिएका ती बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर ल्याइएका हुन् । सातमध्ये पाँचवटा बाघ र दुई बघेनी रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाँके, बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मान्छेमाथि आक्रमण गरी द्वन्द्व सृजना गरेपछि नियन्त्रणमा लिइएका बाघलाई बर्दियाको रमुवापुर र ठाकुरद्धारामा राखिएको निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए । उनले ती बाघमध्ये बच्चासमेत रहेको उल्लेख गर्दै २०७७ सालदेखि अहिलेसम्म दुई वर्षदेखि १२ वर्षसम्मका बाघलाई बर्दियाका विभिन्न बाघ खोरमा राखिएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत अजित तुम्वाहाङफेले मानव–वन्यजन्तु द्वन्द्वमा रहेका बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर उद्धार गरिएको बताए ।

तीमध्ये चितुवासमेत रहेको उल्लेख गर्दै उनले बाघलाई उद्धार गरेर राख्ने ठाउँको अभाव हुन थालेको बताए । “अब बाघ उद्धार गरेर राख्ने ठाउँ पनि छैन, भएका सबै बाघ खोर भरिभराउ छ”, उनले भने । संरक्षण अधिकृत तुम्वाहाङफेका अनुसार यस वर्ष दुईवटा बाघ खोर व्यवस्थापन गर्ने लक्ष्य रहेको छ ।

उनले बाघको आहार पूरा गर्न एक दिन बिराएर सात केजी राँगाको मासु आपूर्ति गरिएको उल्लेख गर्दै सात बाघका लागि मात्रै वार्षिक रु आठ लाख २३ हजार २०० बराबरको लगानी भएको बताए ।

तुम्वाहाङफेले निकुञ्जभित्र आहारा प्रजाति जरायो, चित्तललगायत वन्यजन्तुको चोरीसिकारी भइरहेको जानकारी दिँदै ठूला वन्यजन्तुकोे अपराध नभएको बताए । नेपालमा उद्धार गरिएर राखिएका २० बाघ रहेका छन् । ती बाघलाई बाँके, बर्दिया, चितवन, पर्सा र ललितपुरमा राखिएको छ । त्यसैगरी, बाँके राष्ट्रिय निकुञ्जको खैरीमा पनि एउटा बाघ र दुई चितुवाको उद्धार गरी खोरमा राखिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ८ : १९ बजे

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र

सडक दुर्घटना न्यूनीकरण गर्न सुरक्षा प्रणालीमा सुधार गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवा । रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय

एनपीएलमा आज काठमाडौं-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल