१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं । लगातारको भारी वर्षाका कारण कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ ।

आइतबार बिहान ६ बजेको अद्यावधिक विवरणअनुसार कुलेखानी जलाशयको पानीको सतह १,५२५.३७ मिटर पुगेको छ। शनिबार राति १० बजे १,५२४.०९ मिटर रहेको पानीको सतह रातभरको वर्षापछि बिहान ६ बजेसम्म १.२८ मिटरले वृद्धि भएको हो ।

जलमापन केन्द्रका अनुसार राति १२ बजे १,५२४.१३ मिटर रहेको जलसतह बिहान २ बजे १,५२४.३६ मिटर, ३ बजे १,५२४.६३ मिटर, ५ बजे १,५२५.११ मिटर हुँदै बिहान ६ बजेसम्म आइपुग्दा १,५२५.३७ मिटर नाघेको छ ।

हाल जलाधार क्षेत्रमा प्रतिघण्टा ११ मिलिमिटरका दरले वर्षा भइरहेको छ भने जलाशयको पानीको सतह प्रतिघण्टा २२ देखि २३ सेन्टिमिटरका दरले बढिरहेको छ । १,५३० मिटर क्षमता रहेको कुलेखानी जलाशय भरिन अब करिब ४.६३ मिटर मात्र बाँकी छ ।

जलाशयमा पानीको चाप बढेपछि कुलेखानी जलविद्युत् आयोजनाका प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । पानीको सतह यही गतिमा बढिरहे नियन्त्रित रूपमा बाँधको ड्याम (गेट) खोलेर पानी निकास गराउने विषयमा प्राविधिक तथा व्यवस्थापन टोली छलफलमा जुटेको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सचेत गराउन साइरन बजाउने र मोबाइलमा एसएमएस पठाउने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ८ : ०१ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको