१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

कालीगण्डकीको बाढीले पर्वतको जलजलामा पाँच घर बगायो, कैयौँ घर जोखिममा



गण्डकी । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्से र लस्ती बजारमा पाँच घर बगाएको छ । बाढीका कारण उक्त क्षेत्रमा रहेका कैयौँ घर जोखिममा परेका छन् ।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार बाढीको जोखिममा रहेका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । कालीगण्डकीमा जलसतह बढेसँगै नदी आसपासका बस्तीमा जोखिम बढेको हो ।

कालीगण्डकी नदीको बाढीले म्याग्दी, पर्वत र बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न स्थानमा कटानसमेत गरेको छ । गएरातिदेखि कालीगण्डकीमा जलसतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दामा त्रास बढेको स्थानीय प्रशासनले जनाएको छ ।

लगातारको वर्षाका कारण नदीमा थप जलसतह बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : १४ बजे

Snowfall affects Kailash-Mansoravar journey

Humla: As many as 41 Nepali have been stranded in

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी । बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको

नेपालबाट मनसुन क्रमशः बाहिरिँदै

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिने औसत मिति आज

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी । केही दिनअघिसम्म घर थिए । गोठ थिए ।