काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित सानागाउँमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ बोजेपोखरी बस्दै आएका २६ वर्षीय आषिश मगर रहेका छन् ।
प्रहरीका अनुसार शनिबार साँझ बा.प्र.०२-०५९ प २९३८ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि किस्ट अस्पताल लगिएको थियो ।
उपचारका क्रममा शनिबार राति चिकित्सकले मगरलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















प्रतिक्रिया