१२ आश्विन २०८३, सोमबार | September 28, 2026

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित



हुम्ला । निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ ।

अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण लिन समस्या भएको छ ।

वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको बताइएको छ । निरन्तर वर्षासँगै सिमकोटसहित हिमपातसमेत भएको छ । हिल्सा नाका हिमपातका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ०८ बजे

हिम्लुङ हिमपहिरो : २ जनाको मृत्यु, १४ जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी दुई

बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबी अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को गभर्नर परिषद्को ११औँ वार्षिक

पहिरोले बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा

ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलमा पहिरोका कारण एउटा सिंगै घर ढलेर