१२ आश्विन २०८३, सोमबार | September 28, 2026

प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दा गर्ने महिला पक्राउ



नेपालगन्ज । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दामा लागेकी एक महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर धम्की दिँदै नगद तथा जिन्सी सामान असुल गर्ने कार्यमा सङ्लग्न भएको आरोपमा बाँके प्रहरीले ती महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका –१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दैआएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार श्रेष्ठले बाँकेको बैजनाथ गाउँपालिका –२ बस्ने ३२ वर्षीय एक पुरुषलाई ब्ल्याकमेलिङ गरी आपराधिक लाभ उठाउँदै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानअनुसार उनले ती पुरुषलाई माया, प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारी त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धम्की दिँदै रकम असुल्दै आएकी थिइन् ।

धम्की दिएर पटक–पटक नगद तथा जिन्सी सामान लिँदै श्रेष्ठले थप सामानको माग गर्न थालेपछि पीडितले प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीका अनुसार सोही उजुरीलाई आधारबनाई प्रहरीले अनुसन्धान गर्ने क्रममा श्रेष्ठ ‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ उठाउने कार्यमा सङ्लग्न रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो । ।

पक्राउ परेकी श्रेष्ठ माथि थप अनुसन्धान भइरहेको डीएसपी राठौंरले बताए । प्रहरीले प्रेम तथा सम्बन्धको बहानामा अपरिचित व्यक्तिसँग नजिकिएर आर्थिक लाभ लिने, ब्ल्याकमेलिङ गर्ने तथा धम्की दिने गतिविधिका उजुरी बढेको उल्लेख गर्दै उनले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : ०२ बजे

कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने

मुस्ताङ । उत्तर-दक्षिण जोेड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा

प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दा गर्ने महिला पक्राउ

नेपालगन्ज । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दामा

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित

मुस्ताङ । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडियो

नवलपुर । आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो

नेपालगन्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी, छ वटा खेल सञ्चालन गर्न सकिने

नेपालगन्ज । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालगञ्ज