१४ आश्विन २०८३, बुधबार | September 30, 2026

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी



मनाङ । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ ।

नदील पुलको माथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगे पनि हालसम्म तालकै रूपमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “एक्साभेटरले दुवैतर्फबाट काम गरिरहेको छ, इन्धन ल्याउन सहज छैन । नेपाली सेनाको हेलिकप्टरमार्फत इन्धन ल्याएर काम भइरहेको छ ।”

हाल त्यस क्षेत्रमा विज्ञहरुको परामर्शमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको समन्वयमा काम भइरहेको उनले जानकारी दिए । स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायतका सामग्री प्रयोग गरी तालको बहवलाई सञ्चालन गर्न कोसिस भइरहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

“नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर छेउको भागबाट काम गरिरहेका छौँ”, अध्यक्ष घलेले भने, “आम नागरिकको हितका लागि दिनरात नभनी काम गरिरहेका छौँ ।” उनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घर डुबानमा परेका छन् ।

लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलाको बाढी र पहिरोका कारण त्यसमा विद्युत् र खानेपानी आपूर्ति, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छ ।

यसैबीच मस्र्याङ्दीको बाढीले नासोँ गाउँपालिका–८ र ९ वडा जोड्ने पुल बगाएपछि स्थानीयलाई आवतजावतमै समस्या परेको छ । स्थानीय रामबहादुर थकालीका अनुसार ताचैबासी सडक सञ्चालबाट अहिले अलग भएको अवस्था छ । विगतमा तीनतिरबाट त्यहाँ आवतजावत गर्न मिल्थ्यो । उनका अनुसार पछिल्ला दिनमा त्यस क्षेत्रका घोडेटो, गोरेटो र मोटरबाटो बाढी पहिरोले क्षति पुर्याएको छ । गाउँमा कसैलाई आकस्मिक रूपमा कहीँकतै जानुपर्यो भने अहिले त्यो सम्भव छैन ।

नासोँ–८ का वडाध्यक्ष याद घले भन्छन्, “गाउँबाट आवतजावत गर्ने सबै बाटो बाढी र पहिरोले बगाएपछि अन्य गाउँसँगको सडक सम्पर्क टुटेको छ । म आफैँ पनि वडाकै नेतृत्वमा छु । तर, आवश्यक स्रोतसाधन अभावले केही काम नै गर्न सकिएको छैन ।”

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : ०६ बजे

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको

गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी

महोत्तरी । प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

महाकाली नदीमाथि दोधारा–चाँदनी र भीमदत्त जोड्ने झोलुङ्गे पुल भाँचियो

कञ्चनपुर । महाकाली नदीमाथि रहेको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका