१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

मध्यराती पहिरो खस्न थालेपछि बेनीबजारमा भागाभाग (फोटोफिचर)



बेनी । काली गण्डकीको त्रारबाट बिस्तारै मुक्ति पाउँदै गरेको म्याग्दीको सदरमुकाम बेनीबजार अहिले पहिरोको जोखिममा परेको छ । मुख्य बजारको शिरमा रहेको पाखो धाँजा फाटेर पहिरो बग्न थालेपछि बेनीबजार पहिरोको जोखिममा परेको हो ।

बेनी नगरपालिका–८, न्यूरोडको माथि पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेपछि बजारमा भागाभाग मच्चिएको छ । मध्यराती पहिरो खस्न थालेपछि स्थानीयबासी घर छाडेर सुरक्षित स्थान तर्फ भागेका थिए । पहिरोबाट कम्तीमा १ दर्जन घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

गत असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि माथिल्लो क्षेत्रमा चिरा परेको जमिन र भासिएको ठाउँमा हरेक दिन आकार बढेको र बुधबार साँझ पहिरोसहित पानी बगेर बेनी न्युरोडका स्थानीय सन्तोष ढुङ्गानाले बताए ।

न्यूरोड क्षेत्र माथिको खरबारीको माथिल्लो भाग जमिन दबेको छ भने धेरै ठाउँमा चिराचिरा परेर धाँजा फाटेकाले बजारको न्यूरोड क्षेत्र जोखिममा परेको बेनी नगरपालिका–८ खोरियाकी स्थानीय निशा सुवेदीले बताइन् । बजारको माथिल्लो भागका स्थानीयबासी रातभर भागाभाग भएको बेनीका स्थानीय रहमद खाँले बताए । उनले यथासिघ्र भूगर्भबिदहरु बोलाएर समाधान खोज्न सरकारसँग आग्रह गरे ।

न्युरोडको बेनी सञ्जीवनी हस्पिटलको पछाडिपट्टि माथिबाट खसेको पहिरो थुप्रिएको छ। जोखिमयुक्त घरहरुका नागरिकहरुले ठाउँ छाडेर राती नै खाली गरेका थिए । न्यूरोडको माथिल्लो भागबाट पहिरो खसेपछि जोखिममा रहेका घरहरूका सामाग्री सुरक्षा निकायको समन्वय र सहयोगमा बाहिर निकालेर सुरक्षित स्थानमा पुर्याइएको छ ।

जमिनमा परेको चिरा झन, झन फराकिलो हुन थालेपछि नगरप्रमुख सुरत केसी,प्रमुख जिल्ला अधिकारी गणेश गैरेको टोलीले जोखिमयुक्त क्षेत्रको अवलोकन गरेका छन् । स्थानीय प्रशासनले जोखिम देखिएको भन्दै पहिरो क्षेत्रमा स्थानीयबासीलाई सचेत गराएको छ ।

पहिरोले न्युरोड र गणेशटोल क्षेत्रलाई प्रभावित बनाउने जोखिम रहेको उल्लेख गर्दै जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरेर भूगर्भविद्बाट अध्ययनका लागि प्रशासन कार्यालयमार्फत सरकारसँग सिफारिस गरिएको नगर प्रमुख केसीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेलेस्थलगत अवलोकन र जोखिम अध्ययनका लागि भूगर्वविद्हरू पठाइदिन गृह मन्त्रालयमा पत्राचार गरिएको बताए । भूगर्भविद्हरूको प्रतिवेदनको आधारमा जोखिमको अवस्था आकलन गर्न सकिने बताउँदै उनले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन सूचना जारी गरिएको जनाए ।

फोटो सौजन्य : कमल खत्री

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १२ : ३१ बजे

शुक्रबार रातिबाट संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने

मध्यराती पहिरो खस्न थालेपछि बेनीबजारमा भागाभाग (फोटोफिचर)

बेनी । काली गण्डकीको त्रारबाट बिस्तारै मुक्ति पाउँदै गरेको म्याग्दीको

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका-४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल

‘चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन’ : सी चिनफिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको महान् लक्ष्य

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९