१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन देउवाको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशन उत्साहपूर्ण रूपमा सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

देउवाले बिहीबार बिहान अपिल जारी गर्दै वडा अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन् ।

अपिलमा देउवाले झन्डै आठ दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि पुर्‍याएको योगदान, त्याग र बलिदानलाई थप सुदृढ बनाउन १५औँ महाधिवेशन महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले देशभरका ६ हजार ७४३ वटै वडामा विधि र प्रक्रिया पूरा गरी हर्षोल्लासका साथ वडा अधिवेशन सम्पन्न गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

त्यसैगरी, पार्टीभित्र देखिने आन्तरिक मतभेदलाई महाधिवेशनको आन्तरिक लोकतान्त्रिक अभ्यासमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई अझ एकताबद्ध, सुदृढ र मजबुत बनाउने प्रतिबद्धता पनि अपिलमा व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ८ : ०१ बजे

बाढीपहिरोले क्षति पु¥याएको बेनी-जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको

वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला । हालै अविरल वर्षापछि बाढी, पहिरो र ढुङ्गा खस्दा

कालीगण्डकीको बाढीले उजाडियो आनन्दबगर, थातथलो छाड्ने चिन्ता

म्याग्दी । बेनी नगरपालिका-१ आनन्दबगरका रुद्रबहादुर थापाले लत्ताकपडा, भाँडाकुँडा र