१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट




काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण उत्पन्न यस कठिन घडीमा नेपाल र नेपाली जनताप्रति अष्ट्रेलिया सरकारबाट व्यक्त ऐक्यबद्धता, सद्भाव र मानवीय सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गरे ।

प्रधानमन्त्री शाहले खोज, उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले पुर्‍याएको महत्त्वपूर्ण सहयोग, विपद् सहायता तथा विपद् सहायता टोलीको परिचालन, विशेषज्ञ जनशक्तिको सहयोग तथा आवश्यक राहत सामग्री र उपकरणको उपलब्धताका लागि विशेष धन्यवाद दिए । अष्ट्रेलियाले घोषणा गरेको ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता नेपालप्रतिको अष्ट्रेलियाको मित्रता र ऐक्यबद्धताको महत्त्वपूर्ण अभिव्यक्ति भएको उनले उल्लेख गरे । त्यस अवसरमा वाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका साथै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र प्रतिरोध क्षमता अभिवृद्धिका लागि निरन्तर सहकार्यको विषयमा कुराकानी भएको थियो ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका बढ्दो जोखिमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास ‘क्षति र नोक्सानी’ सम्बन्धी वित्तीय संयन्त्रमा सहज, पर्याप्त तथा पूर्वानुमानयोग्य पहुँचको महत्त्वमा समेत प्रधानमन्त्री शाहले जोड दिए । भेटमा राजदूत साइमन अन्स्र्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति दुःख व्यक्त गरे ।

साथै, उनले हालै संयुक्त राष्ट्रसङ्घमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरेका थिए । भेटका क्रममा नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै विपद् व्यवस्थापन, जलवायु, मानव संसाधन विकास तथा दीर्घकालीन सहकार्यका विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  २ : ४५ बजे

नेप्सेमा सामान्य सुधार, २६ सय विन्दु नजिक पुगेर बजार बन्द

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८

हिमलुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या ११ पुग्यो

काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये

राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग

काठमाडौं । सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु दुई