१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग



काठमाडौं । सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै उनीहरूले जबरालाई नियन्त्रणमा लिइएको घटनाको कारण, कानुनी आधार र सरकारको धारणा संसद्मार्फत स्पष्ट गर्न सभाअध्यक्षमार्फत माग गरे ।

सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सभाध्यक्षमार्फत सरकारसँग स्पष्ट जवाफ माग गरे ।

सांसद महन्थ ठाकुर र रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीप्रति विरोध जनाए । यसबारे गृहमन्त्रीले सदनमार्फत स्पष्ट जवाफ दिनुपर्ने उनीहरूको माग थियो ।

पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको भन्दै सभा सदस्यहरूले उनलाई सोधपुछपछि घरमै सुरक्षा दिनेगरी छाडिएको सार्वजनिक विवरणबारे सरकारसँग जानकारी माग गरेको हो ।

बैठकमा सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे। धमेन्द्र पासवानले रौतहटमा होचो बाँधका कारण समस्या हुने गरेको भन्दै अग्लो तटबन्ध निर्माण गर्न माग गरे ।

सांसद मीना सिंह रखालले कर्णालीका सडक जोखिमपूर्ण रहेकाले दुर्घटना न्यूनीकरणका लागि सडक तथा पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन ।

सांसद रेखाकुमारी झाले वर्षायाममा हुने बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण तथा प्रभावित नागरिकलाई सुरक्षित बासस्थान र पुनःस्थापनाको व्यवस्था गर्न माग गरिन। सांसद रोशनी मेचेले मोबाइल बैंकिङलाई सुरक्षित बनाउन तथा बैंकिङ प्रणालीमार्फत नागरिकको सम्पत्तिको सुरक्षामा जिम्मेवार बन्न माग गरिन ।

सांसद सम्झना देवकोटाले गोरखामा प्राकृतिक विपद्सँगै हिमपातका कारण पर्यटकले सास्ती खेप्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन। सांसद सोमनाथ पोर्तेलले झापामा जङ्गली हात्तीका कारण किसानको धानबालीमा वर्षेनि क्षति भइरहेको भन्दै पर्याप्त क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ३ : ०९ बजे

आङ्देम्बेको प्रधानमन्त्रीलाई प्रश्न – बहुमत छ, शासन गर्ने कौशल पनि देखाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

नेप्सेमा सामान्य सुधार, २६ सय विन्दु नजिक पुगेर बजार बन्द

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८

हिमलुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या ११ पुग्यो

काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये

राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग

काठमाडौं । सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको