१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् शेखर कोइराला



काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर देउवा समूह दुवैले गरेको महाधिवेशनमा सहभागी भएनन् ।

संस्थापन पक्षको अहिले क्षेत्रीय अधिवेशन जारी छ । असोज १८ गते १५औं महाधिवेशनको उदघाटन छ । देउवा समूहले भने बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको छ ।

बुधबारसम्म कोइराला पक्ष देउवा समूहले गर्ने अधिवेशनमा सहभागी हुने भनेर प्रचार गरिएको यियो । तर कोइराला दुवै समूहमा सहभागी नभएर तटस्थ बसेका छन् । शेखरसँगै पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का पनि दुवै महाधिवेशनमा सहभागी भएका छैनन् ।

अहिलेको अवस्थामा कांग्रेसलाई एक बनाउने सम्भावना नरहेको भन्दै दुवै पक्षलाई आ–आफ्नो महाधिवेशन सम्पन्न गर्न दिनुपर्ने शेखरको भनाइ छ ।

‘म आज पनि कांग्रेस एकताका लागि पहल गरिरहेको छु। अहिले नै कांग्रेस एक हुने सम्भावना छैन। दुवैको महाधिवेशन सक्न दिनुहोस्, त्यसपछि कुरो हुन्छ,’ उनले भने।

कांग्रेसभित्र संस्थापन पक्षले असोजमै १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ भने देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।

दुई पक्षले फरक–फरक समयसीमा र प्रक्रियाअनुसार महाधिवेशनको तयारी अघि बढाएपछि पार्टी विभाजनको सम्भावनाबारे कांग्रेसभित्र चर्चा तीव्र भएको छ । यदि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता आफूलाई नदिएमा देउवा समूहले अहिलेकै अधिवेशनलाई आधार मानेर नयाँ दल दर्ता गर्ने चर्चा छ । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ८ : ३१ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान, नरैनापुरमा आधा बढी जनसंख्या गरिबीको रेखामुनी

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा

देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर