१९ आश्विन २०८३, सोमबार | October 5, 2026

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्दसत्र आजदेखि, निर्वाचन कार्यक्रम पनि सुरु हुँदै



काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुनेछन् ।

बन्दसत्रमा करिब ७ हजार ५ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । महाधिवेशनको उद्घाटन समारोह आइतबार खुलामञ्चमा भएको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम पनि आजदेखि सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबीविरोध गर्न सकिनेछ भने राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको छ । सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध गर्न सकिनेछ । बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने निर्वाचन समितिको तालिका छ ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सो दिन उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउनेछन् ।

असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने निर्वाचन समितिले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिनेछ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार यसपटकको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छैन ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ७ : ०४ बजे

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नारायणगढ । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर

इतिहासमा असाेज १९ : ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि…

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा असोज १९ गते विभिन्न महत्वपूर्ण

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा गण्डकी

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको

आज विश्व शिक्षक दिवस मनाइँदै

काठमाडौं । आज विश्व शिक्षक दिवस विश्वभर विभिन्न कार्यक्रम आयोजना