१८ आश्विन २०८३, आइतबार | October 4, 2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आजदेखि



काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।

महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् १९ र २० असोजमा हुनेछन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम २१ र २२ असोजका लागि तय गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता भने शुक्रबार र शनिबार गरिएको थियो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

नाम दर्ता गरेका प्रतिनिधिलाई कांग्रेसले झोला उपलब्ध गराएको छ । झोलामा पार्टीको विधान, डायरी, डटपेन, खाना, खाजा तथा नास्ताका लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ६ : ५८ बजे

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

लमजुङ । दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ

नारायणघाट-बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौं । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११

कांग्रेस १५ औँ महाधिवेशन : यी स्थानमा तोकिए साधन पार्किङ

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन