१९ आश्विन २०८३, सोमबार | October 5, 2026

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बदली भए पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भाग तथा देशका तराई क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ ।

त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भाग र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा भने आंशिक बदली रहने सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ७ : ३७ बजे

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी

बागलुङ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को

युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ : टंकप्रसाद पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद

नर्वेलाई हराउँदै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा पोर्चुगल २-१ ले

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नारायणगढ । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर

इतिहासमा असाेज १९ : ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि…

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा असोज १९ गते विभिन्न महत्वपूर्ण