१९ आश्विन २०८३, सोमबार | October 5, 2026

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल



गुल्मी । जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ । परीक्षण सफल भएसँगै उक्त साहसिक पर्यटन पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आयोजनामा निर्माण गरिएको उक्त पूर्वाधारमा ५६८ मिटर लामो जिपलाइन र ११० मिटर लामो स्काई साइक्लिङ निर्माण गरिएको छ । आज बिहानसम्म गरिएको परीक्षणका क्रममा करिब ४० जनाले जिपलाइन र स्काई साइक्लिङको प्रत्यक्ष अनुभव लिएका छन् ।

परीक्षणमा सहभागी लक्ष्मी खनालले जिपलाइनमार्फत यात्रा गर्दा सहज र मनोरम दृश्यसँगै रामाइला अनुभव भएको बताइन । उनले ५६८ मिटर लामो जिपलाइन पार गर्न करिब ५८ सेकेन्ड लागेको बताइन ।

परीक्षणमा सहभागी प्रकाश भलामीले केही ढिला भए पनि पूर्वाधार सञ्चालनमा आएकाले खुसी व्यक्त गरे । पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले साहसिक पर्यटन पूर्वाधार सञ्चालन भएसँगै रेसुङ्गामा पर्यटकको आगमन थप बढ्ने बताए ।

रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले आगामी एक साताभित्र नियमित सेवा सञ्चालन गरिने जानकारी दिएका छन् ।

हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने उनले बताए । नगरपालिकाले जिपलाइनका लागि रु ६०० र स्काई साइक्लिङका लागि रु ४०० शुल्क निर्धारण गरेको छ ।

समुद्री सतहबाट दुई हजार ३०० उचाइमा रहेको रेसुङ्गाबाट माछापुच्छ्रे, धौलागिरिलगायत दर्जनौँ हिमशृङ्खला तथा मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ । रेसुङ्गा पार्कदेखि केही माथि पुगेपछि ऐतिहासिक तथा धार्मिकस्थल रेसुङ्गा यज्ञशाला, महापोखरी, सिद्धस्थान, रामकुवा, विष्णुपादुका र साउनेलगायत काठमाडौँमा सहजै पुग्न सकिन्छ ।

खनाल इन्फ्रा प्रालि, रेसुङ्गा–९ गुल्मीद्वारा रु एक करोड २५ लाखको लागत सम्झौतामा निर्माण सुरु गरिएको उक्त योजना विभिन्न समस्याका कारण लामो समयदेखि अलपत्र परेको थियो । जसका कारण निर्माण कार्य सम्पन्न भएपछि परीक्षण हुन बाँकी रहेका कारण भुक्तानी रोकिएको थियो । पछिल्लो समय गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको अवस्थामा थपिएको यस प्रकारको साहसिक पर्यटन पूर्वाधारले जिल्लाको पर्यटन विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ११ : ३१ बजे

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको

‘राहतमा चामलका बोरा र त्रिपाल प्रसस्त आएपनि बालबालिकाको किताव कसैले सोधेनन्’

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा

विपद् व्यवस्थापनमा सरकार गम्भीर भएर जुटेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको

गगनको प्रतिवेदन पारित, पदाधिकारी र केन्द्रीय कार्यसमिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३