२० आश्विन २०८३, मंगलबार | October 6, 2026

कोहलपुरको थापा मेडिकल प्रकरण : युटुबर हिमान्सु शाही पक्राउ



नेपालगन्ज । कोहलपुरको थापा मेडिकल घटना प्रयोजनमा सामाजिक सञ्जालमा भिडियो प्रशारण गर्ने हिमान्सु शाही पक्राउ परेका छन् । स्वास्थ्य जाँच गर्न आएकी युवतीले स्वास्थ्यकर्मीमाथि गरेको हातपातको मिडियो सार्वजनिक गर्ने शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य परिक्षणका क्रममा स्वास्थ्यकर्मीले योनाङ्गमा स्पर्श गरेको भन्दै स्वास्थ्यकर्मी गणेश थापामाथि हातपात गरेको भिडियो सामाग्री अहिले सामाजिक सञ्जालमा भाइरल छ । समाजिक सञ्जालकर्ताहरुले योजनाबद्ध तरीकाले भिडियो निर्माण कर्ता र पीडित भनिएका २ जना महिलाले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको प्रतिक्रिया जनाएपछि प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

सहज स्वास्थ्य परीक्षण गराई राजिखुसी फर्केको केही मिनेटमा नै युटुबर र अर्की एक महिला सहित थापा मेडिकलमा पुगेको समूहले थापामाथि आक्रमण गर्नुका साथै गालिगलौज गरेको भिडियो शाहीले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । प्रहरीले महिला पक्षको उजुरीको आधारमा स्वास्थ्यकर्मी थापालाई पक्राउ गरेपनि भिडियो सार्वजनिक गर्ने शाही र कानुन विपरित हातपात गर्ने महिलाहरुलाई उन्मुक्ति दिएको भन्दै सामाजिक प्रयोगकर्ताहरुले प्रहरीको चर्को आलोचना गरिरहेका छन् ।

उनीहरुले स्वास्थ्यकर्मीबाट गलत भएको भए कानुनी उपचार खोज्नुपर्नेमा आक्रमणको बाटो अपनाउनु र सुनियोजित भिडियो खिच्ने क्यामेरा सहितको व्यक्ति लिएर जाने कार्यको छानबिन हुनुपर्ने माग गरेका छन् ।

युटुबर शाहीलाई नियन्त्रणमा लिएर घटनाको सघन अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए । सो घटनालाई लिएर औषधी व्यवसायी परिषद र सिएमए संघले पनि छानबिन अघि बढाएको जनाएको छ । प्रहरीले भने सो घटनामा स्वास्थ्यकर्मी थापा विरुद्ध करणी सम्बन्धी कसुरमा ७ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ५६ बजे

कोहलपुरको थापा मेडिकल प्रकरण : युटुबर हिमान्सु शाही पक्राउ

नेपालगन्ज । कोहलपुरको थापा मेडिकल घटना प्रयोजनमा सामाजिक सञ्जालमा भिडियो

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०