काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । दुई दशकदेखि समूहमा आबद्ध पत्रकार नेपाल मध्याह्न दैनिकका सम्पादक हुन् ।
निर्वाचन अधिकृत सञ्जिव वनका अनुसार समूहको वरिष्ठ उपाध्यक्षमा रोशन क्षेत्री गाउँले (देखापढी), उपाध्यक्षमा नवराज चालिसे (न्यूज २४ दैनिक), महासचिवमा सञ्जिव घिमिरे शुभचिन्तक (अन्नपूर्णपोस्ट दैनिक), सचिवमा रोजिना थापा कार्की (एजुकेशन पार्टी) र कोषाध्यक्षमा सविना बानियाँ (ननस्टपखबर) तथा सदस्यमा कृष्णसिंह धामी (अनलाइन खबर), अजिरसिंह विक (नेपाल टेलिभिजन), गोपाल सङ्ग्रौला (कारोबार दैनिक) रहेका छन् ।
नयाँ नेतृत्वलाई निवर्तमान अध्यक्ष निर्जला कक्षपतिले बधाइ दिइन् । शिक्षाविद केदारभक्त माथेमाले सोमबार उद्घाटन गरेको अधिवेशन आज सकिएको हो । बन्द सत्रमा पूर्वअध्यक्ष सुदर्शन घिमिरे, प्रकाश सिलवाल, सुदर्शन सिग्देल र तुला अधिकारीले अध्यक्ष मण्डलको भूमिका निर्वाह गरेका थिए ।
















प्रतिक्रिया