२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशन आजदेखि सुरु, पौडेल र गैरे प्यानल चुनावी मैदानमा

२६ गते मतदान हुने



बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको ७३औँ साधारणसभा तथा २६औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्षका प्रत्याशी नरिश्वर शर्मा पौडेल र टंकप्रसाद गैरेले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै प्यानल उद्योगी-व्यवसायीसँग भेटघाट तथा प्रचारप्रसारमा जुटेका छन् ।

साधारणसभा तथा अधिवेशन आजदेखि सुरु भए पनि नयाँ नेतृत्व चयनका लागि असोज २६ गते मतदान हुँदैछ । यस क्षेत्रका पुराना तथा धेरै उद्योगी–व्यवसायी आबद्ध रहेको संघको नेतृत्व आफ्नो पक्षमा पार्न दुवै प्यानलले चुनावी अभियान तीव्र बनाएका छन् ।

संघका पूर्ववाणिज्य उपाध्यक्ष तथा बुटवल उपमहानगरपालिका-४ का वडाध्यक्ष पौडेलले बुटवलमा खस्किँदै गएको व्यापारलाई पुरानै लयमा फर्काउनु आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन् । स्थानीय सरकारसँग सहकार्य गर्दै उद्यमशीलता प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण र व्यवसायीका समस्या समाधानलाई प्राथमिकता दिने उनको भनाइ छ ।

‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ नारासहित चुनावी मैदानमा उत्रिएको पौडेल नेतृत्वको प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने संकल्पसहित २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

पौडेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार छन्। एसोसिएट सदस्यमा भानुभक्त खत्री (भानु) उम्मेदवार रहेका छन् ।

उद्योगतर्फ सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी उम्मेदवार छन् । वाणिज्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्याय उम्मेदवार छन् । पौडेल यशोदा फुड्स, त्रिमूर्ति इन्डस्ट्रिज तथा पाँचतारे होटल ह्यात प्रालिका सञ्चालक हुन् ।

संघका वर्तमान वरिष्ठ उपाध्यक्ष गैरेले भने संघलाई उद्योगी-व्यवसायीको भरोसायोग्य व्यावसायिक संस्थाका रूपमा विकास गर्ने बताएका छन्। पर्यटन र स्थानीय अर्थतन्त्रको विकास गर्दै बुटवललाई आर्थिक गन्तव्यका रूपमा स्थापित गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।

गैरे नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टीकाराम बञ्जाडे र सहकोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार छन्। एसोसिएट सदस्यमा बालकृष्ण पौडेल उम्मेदवार रहेका छन् ।

उद्योगतर्फ सदस्यमा दीपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ र सुनिता अर्याल उम्मेदवार छन्। वाणिज्यतर्फ मनिषकुमार हयोजु, मिलनकुमार भारी, राजेश भट्टराई र सुनिता गिरीले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा सुकमाया श्रेष्ठ ध्वजु (सीता) र सुष्मा केसी तथा खुला सदस्यतर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेशप्रसाद सेढाई, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशीलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरे उम्मेदवार छन् । गैरे अटो व्यवसायमा लामो समयदेखि संलग्न व्यवसायी हुन् ।

दुवै प्यानलले उद्योगी-व्यवसायीको हकहित संरक्षण र व्यावसायिक वातावरण सुधारलाई प्राथमिकता दिएको बताएका छन् । पौडेल प्यानलका वरिष्ठ उपाध्यक्षका उम्मेदवार सुरज भट्टराईले समग्र व्यावसायिक हितमा काम गर्ने व्यक्तिलाई नेतृत्वमा पुर्‍याउनुपर्ने बताएका छन् । त्यस्तै, गैरे प्यानलका वरिष्ठ उपाध्यक्षका उम्मेदवार विमलराज भट्टराईले आफ्नो समूह निर्वाचित भए उद्योगी-व्यवसायीको सम्मान, संरक्षण र हकहितका पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघमा दुई हजारभन्दा बढी उद्योगी-व्यवसायी मतदाता रहेको जनाइएको छ । नयाँ नेतृत्व चयनका लागि दुवै प्यानलले व्यवसायीका समस्या समाधान, व्यापार प्रवर्द्धन तथा संस्थाको भूमिकालाई प्रभावकारी बनाउने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।

काठमाडौं बाहिरको प्रमुख व्यावसायिक संस्थामध्ये एक मानिने बुटवल उद्योग वाणिज्य संघको नेतृत्व चयनलाई निजी क्षेत्रले चासोका साथ हेर्ने गरेको छ । संघको स्थापना २०१० फागुन १० गते अर्थात् सन् १९५३ मा भएको हो। संघका पहिलो अध्यक्ष व्यापारी पदमचन्द्र श्रेष्ठ थिए ।

संघले उद्योगी-व्यवसायीको हकहित संरक्षणसँगै बुटवललाई आर्थिक, शैक्षिक तथा स्वास्थ्य केन्द्रका रूपमा विकास गर्न पनि भूमिका निर्वाह गर्दै आएको छ । नयाँ नेतृत्व चयनपछि संघले निजी क्षेत्रका समस्या समाधान र बुटवलको आर्थिक गतिविधि विस्तारमा कस्तो भूमिका खेल्छ भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ८ : ३३ बजे

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं । सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड

पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस

शिक्षा नियमावली : शिक्षकलाई गाडी किन्न सहुलियत

काठमाडौं । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना

नेपाली कांग्रेसको नेतृत्व चयन गर्न मतदान जारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका