७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । सोमबार बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन यहि असोजको २३ देखि २६ गतेसम्म सम्पन्न गर्नेगरी पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गरेको हो ।

यस अघि यहि असोजको २१–२३ गते गर्नेगरी मिति तय गरिएको थियो । बैठकले साधारण सभा तथा अधिवेशनको तयारी तथा कार्यालयबाट गर्नुपर्ने कामको व्यवस्थापन पूरा नभएको भन्दै पूर्वनिर्धारित मितिलाई हेरफेर गर्नुपरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालयको अध्यक्षतामा बसेको बैठकले साधारण सभा तथा अधिवेशनको मिति हेरफेर गर्नुका साथै साधारण सदस्यता नविकरणको लागि पनि २ दिन समय थप गरिएको छ । साधारण सभा तथा अधिवेशनको मिति २ दिन पर सार्दा सदस्यता नविकरणको मिति पनि २ दिन थप गरिएको हो ।

संघको सदस्यता नविकरणको लागि अव बुधबार (असोज ७ गते) सम्म समय थप गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ३ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई