२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

मातातीर्थ-स्युचाटार प्रसारण लाइनको १३२ केभी तार परिवर्तन हुँदै, काठमाडौंमा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुनसक्ने



काठमाडौं । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको तार परिवर्तन गरिने भएपछि काठमाडौं उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले असोज २४ र २५ गते प्रसारण लाइन स्तरोन्नतिको काम गर्दैछ। दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरिनेछ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित आयोजनाले पुरानो तार हटाएर उच्च क्षमताको नयाँ एचटिएलएस कन्डक्टर जडान गर्न लागेको हो। डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा करिब चार सय मिटर तार परिवर्तन गर्न बाँकी छ।

तार परिवर्तनपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्नेछ। यसले बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् आपूर्ति थप भरपर्दो बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

प्रसारण लाइन बन्द हुँदा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा असर पर्न सक्छ।

प्राधिकरणले निर्धारित समयमै काम सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। मौसम प्रतिकूल भएमा भने कार्यतालिका परिवर्तन हुन सक्नेछ। प्राविधिक कामका कारण ग्राहकमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  २ : ११ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद