२४ आश्विन २०८३, शनिबार | October 10, 2026

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु



काठमाडौं । भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो ।

बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको मृत्यु भएको बताएको हो ।

सङ्कलन भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३५ शव व्यवस्थापन गरिएको छ । एक हजार ४३८ शवको पहिचान हुन सकेका छैन । बाढीपछि चार हजार ७२० जना बेपत्ता छन् ।

यसैगरी, बाढीबाट विस्थापित एक हजार २३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १० : ३० बजे

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा । मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म : गगन थापाको राजनीतिक यात्रा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित

दिल्लीमा प्रदर्शनअघि ध्रुव राठी, अभिजित दीपकेसहित सीजेपीका नेताहरू हिरासतमा

नयाँदिल्ली । भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग