२५ आश्विन २०८३, आइतबार | October 11, 2026

बुटवल उवासंघ अधिवेशन : व्यवसायीका सारथि सुरज भट्टराई वरिष्ठ उपाध्यक्षका उम्मेदवार



बुटवल । उद्योग तथा व्यवसाय क्षेत्रको विकास, व्यवसायीका समस्या समाधान र निजी क्षेत्रको सशक्त प्रतिनिधित्व गर्ने उद्देश्यसहित व्यवसायी सुरज भट्टराई बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् । उनी नरिश्वर पौडेल नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका हुन् ।

व्यावसायिक क्षेत्रमा तीन दशकदेखि सक्रिय भट्टराईले व्यवसायीका दैनिक समस्या, बजारका चुनौती र राज्यका नीति-नियमले निजी क्षेत्रमा पार्ने प्रभावलाई नजिकबाट बुझ्ने व्यवसायीका रूपमा परिचय बनाएका छन् । व्यवसाय सञ्चालनका क्रममा देखिने समस्या समाधानका लागि व्यक्तिगत पहल मात्र पर्याप्त नहुने भन्दै उनले संस्थागत नेतृत्वमार्फत व्यवसायीको साझा आवाजलाई बलियो बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

भट्टराईको उम्मेदवारी उद्योगी-व्यवसायीको हकहित संरक्षण, सम्मान र व्यावसायिक वातावरण निर्माणमा केन्द्रित रहेको छ । उनले व्यवसायीमैत्री नीति निर्माणका लागि सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय गर्ने, लगानीको वातावरण सुधार गर्ने, स्थानीय उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्ने र युवा पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुस्तता, बढ्दो प्रतिस्पर्धा, बजारको अनिश्चितता, कर तथा प्रशासनिक झन्झटलगायतका कारण व्यवसायीले विभिन्न चुनौती सामना गरिरहेका छन् । यस्तो अवस्थामा नेतृत्वले व्यवसायीका समस्या सुन्ने मात्र नभई समाधानका लागि सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा आवाज पुर्‍याउन सक्नुपर्ने भट्टराईको बुझाइ छ ।

उद्योगी–व्यवसायीबीच एकता, सहकार्य र पारदर्शी नेतृत्व आवश्यक रहेको बताउँदै उनले आफू निर्वाचित भएमा सबै प्रकारका व्यवसायीलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साना, मझौला तथा ठूला व्यवसायीका फरकफरक समस्या पहिचान गरी समाधानका लागि संस्थागत पहल गर्ने उनको योजना छ ।

बुटवल उद्योग वाणिज्य संघमा दुई कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल उद्योग उपाध्यक्षका रूपमा काम गरेको अनुभव भट्टराईसँग छ । ‘पदभन्दा ठूलो जिम्मेवारी हो, नेतृत्वभन्दा ठूलो व्यवसायीको विश्वास हो’ भन्ने भावनाका साथ अघि बढेका उनले आगामी अधिवेशनलाई व्यवसायीको साझा भविष्य निर्माण गर्ने अवसरका रूपमा लिएका छन् ।

व्यवसायीका समस्या बुझ्ने अनुभव, सहकार्यप्रतिको विश्वास र परिणाममुखी नेतृत्वको प्रतिबद्धतासहित आफू वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बनेको भट्टराईले बताए । अबको नेतृत्वले व्यवसायीको आवाजलाई अझ प्रभावकारी बनाउँदै निजी क्षेत्रको सम्मान र सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

भट्टराई २०५३ सालदेखि सनराइज मेडिसिन सप्लायर्सका प्रोप्राइटरका रूपमा औषधि व्यापारमा सक्रिय छन् । उनी पछिल्लो १३ वर्षदेखि ग्रेस फार्मास्युटिकल्स प्रालिको सञ्चालकका रूपमा औषधि उद्योगको क्षेत्रमा पनि कार्यरत छन् । आयुर्वेदिक र एलोपेथिक औषधिसम्बन्धी दुई उद्योगमार्फत उनले करिब २५० जनालाई रोजगारी प्रदान गरेको जनाइएको छ ।

व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भट्टराई क्रिमसन अस्पतालका संस्थापक तथा क्रिमसन कलेजका सञ्चालक हुन् । उनी औषधि व्यवसायी संघ, रुपन्देही जिल्ला शाखाका संस्थापक अध्यक्ष तथा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् । यसका साथै लायन्स क्लब अफ सिद्धबाबा, रोटरी क्लब लगायत विभिन्न संघसंस्थामा आबद्ध रहेर उनले सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ६ : २९ बजे

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा । चुमनुब्री गाउँपालिका-६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी

नवरात्रको पहिलो दिन आज शैलपुत्रीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

कञ्चनपुर । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा

गोरखाको चुमनुब्रीमा आकस्मिक बाढी, सल्लेरी र जगत बजार जोखिममा

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-६ मा आकस्मिक बाढी आएको छ